एनपीएल हेर्न ५ सयदेखि २ हजारसम्म तिर्नुपर्ने, सिजनभरलाई १५ हजार

कीर्तिपुरस्थित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रंगशालामा मंसिर १ देखि २७ सम्म हुने एपीएल हेर्नका लागि दर्शकले ५ सय देखि २ हजारसम्म तिर्नुपर्नेछ ।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

You have to pay from 500 to 2,000 to watch NPL, 15,000 for the entire season

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट मूल्य सार्वजनिक गरेको छ ।

कीर्तिपुरस्थित पुनर्निर्माण गरिएको त्रिवि क्रिकेट रंगशालामा मंसिर १ देखि २७ सम्म हुने एपीएल हेर्नका लागि दर्शकले ५ सय देखि २ हजारसम्म तिर्नुपर्नेछ ।

पहिलो चरणमा पहिलो ६ दिनको खेलका लागि टिकट बिक्री खुल्ला गरिएको क्यानले जनाएको छ । टिकट खल्ती आईएमई एपबाट काट्न सकिने छ ।

उदघाटन र शनिबारको खेलको टिकट मूल्य साधारणतर्फ ५ सय भने प्रिमियम टिकट मूल्य १५ सय रुपैयाँ तोकिएको छ । अन्य दिनको समूह चरणको खेलको टिकट मूल्य साधारणतर्फ ५ सय र प्रिमियमतर्फ १ हजार रुपैयाँ तोकिएको छ । प्लेअफ र फाइनलको साधारणतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रुपैयाँ टिकट रहेको छ ।

सिजनभरको पास किन्न चाहनेले १५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।  

मंसिर १ गते हुने उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजविरुद्ध खेल्नेछ । यो खेल दिउँसो ४ बजे सुरु हुनेछ ।    

You have to pay from 500 to 2,000 to watch NPL, 15,000 for the entire season

कान्तिपुर संवाददाता

Link copied successfully