ब्वाइजतर्फ निम्सले भ्याली पब्लिकलाई ४६–३४ र टीआईएले हेम्सलाई ५२–२६ स्कोरले पराजित गरे । निम्सका विसो तामाङले १४ र टीआईएका सुमन नगरकोटीले १८ स्कोर गरेका थिए ।
काठमाडौँ — निम्स र आयोजक टीआईए बिहीबार १७ औं अन्तरविद्यालय टीआईए कप बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् ।
ब्वाइजतर्फ निम्सले भ्याली पब्लिकलाई ४६–३४ र टीआईएले हेम्सलाई ५२–२६ स्कोरले पराजित गरे । निम्सका विसो तामाङले १४ र टीआईएका सुमन नगरकोटीले १८ स्कोर गरेका थिए ।
विल्सन एकेडेमीले मंगलदीपलाई ४५–४३ ले र ज्ञान निकेतनले कन्स्टिलेसनलाई ६५–६१ ले हराएर सेमिफाइनल तय गरे । विल्सनका रेहान डंगोलले २२ र ज्ञानका सवाज मन्सुरले २८ स्कोर गरे । सेमिफाइनलमा विल्सनको भेट टीआईए तथा निम्सको भेट ज्ञान निकेतनसँग हुनेछ ।
गर्ल्समा भ्याली पब्लिकले ज्ञानोदयलाई ३१–१७, ग्रिनल्यान्डले हिमरश्मिलाई २६–१४, चेल्सीले काष्ठमण्डपलाई २१–१४ र निम्सले युरो स्कुललाई २८–१० ले हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे । भ्यालीकी सपना गिरीले ६, ग्रिनल्यान्डकी बिहानी राईले ९, चेल्सीकी तेन्जिङ शेर्पाले ६ र निम्सकी रञ्जना खातीले ८ स्कोर जोडे । सेमिफाइनल ग्रिनल्यान्ड र चेल्सी तथा निम्स र भ्याली पब्लिकबीच हुनेछ ।