सिनियर ब्वाइजतर्फ कीर्तिपुरस्थित आयोजक पुष्पसदनको कोर्टमा ज्ञानोदयले बाघभैरवलाई १७–१२ स्कोरले पराजित गर्यो । ज्ञानोदयका युनिश स्याङ्तानले ७ स्कोर गरे । सुलभको ८ स्कोर सहयोगमा रेडियन्ट पब्लिकले एलआरआईलाई ३८–१५ ले हरायो ।
काठमाडौँ — ज्ञानोदय र रेडियन्ट पब्लिक बिहीबार चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेका छन् ।
सिनियर ब्वाइजतर्फ कीर्तिपुरस्थित आयोजक पुष्पसदनको कोर्टमा ज्ञानोदयले बाघभैरवलाई १७–१२ स्कोरले पराजित गर्यो । ज्ञानोदयका युनिश स्याङ्तानले ७ स्कोर गरे । सुलभको ८ स्कोर सहयोगमा रेडियन्ट पब्लिकले एलआरआईलाई ३८–१५ ले हरायो ।
राराहिल र मंगल मावि पनि क्वाटरफाइनलमा पुगे । राराहिलले रेडियन्ट रिडर्सलाई ४७–३८ ले हराउँदा कृष्ण बिकले ११ स्कोर गरे । युनाइटेड युनिभर्सलविरुद्ध मंगल ३०–११ ले विजयी भयो । मंगलका अनुप महर्जनले १३ स्कोर बटुले ।
अब क्वाटरफाइनलमा रेडियन्ट र ज्ञानोदय, पुष्पसदन र मेगस, राराहिल र भ्याली भ्यू तथा मंगल र निःसर्ग बाटिका भिड्नेछन् ।
जुनियर ब्वाइजमा सेमिफाइनल समीकरण पूरा भएको छ । राराहिलको भेट पुष्पसदन तथा निःसर्गले ग्रिनफिल्डविरुद्ध हुनेछ ।