पिस प्वाइन्ट इन्टर स्कुल च्याम्पियन

दी गुरुकुलुम स्कुलको आयोजनामा भएको प्रतियोगितामा पिस प्वाइन्टले एलआरआईलाई फाइनलमा २–० ले हराएर उपाधि जितेको हो । सेमिफाइनलमा पिस प्वाइन्टले न्यु जेनिथ र एलआरआईले ब्लुबर्ड स्कुललाई हराएको थियो ।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Peace Point Inter School Champion

काठमाडौँ — पिस प्वाइन्ट स्कुलले दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिपको उपाधि जितेको छ ।

दी गुरुकुलुम स्कुलको आयोजनामा भएको प्रतियोगितामा पिस प्वाइन्टले एलआरआईलाई फाइनलमा २–० ले हराएर उपाधि जितेको हो । सेमिफाइनलमा पिस प्वाइन्टले न्यु जेनिथ र एलआरआईले ब्लुबर्ड स्कुललाई हराएको थियो ।

ब्लुबर्डका सुजन तामाङ उत्कृष्ट खेलाडी घोषित भए । पिस प्वाइन्टका सागर नेपाली उत्कृष्ट गोलकिपर र आयुश लिम्बू सर्वाधिक गोलकर्ता बने । मनास्लुले फेयर प्लेको अवार्ड पायो ।

दुई दिने प्रतियोगितामा उपत्यकाका २० स्कुलका टोलीको सहभागिता थियो । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत फुटबलका मुख्य प्रशिक्षक अरुणा गुरुङले पुरस्कार प्रदान गरिन् ।  संयोजक मनोज वैश्यले प्रतियोगिमा सहभागी टोलीदेखि प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कान्तिपुर

Link copied successfully