ब्वाइजमा तेजस्वी एकेडेमी, बेलमोन्ट, वेदव्यास, ल्यान्डमार्क एकेडेमी, गण्डकी, नवोदित, स्वर्णदीप र लालीगुराँस विद्याकुञ्ज विजयी भएका छन् ।
काठमाडौँ — टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबार सुरु भएको छ ।
ब्वाइजमा तेजस्वी एकेडेमी, बेलमोन्ट, वेदव्यास, ल्यान्डमार्क एकेडेमी, गण्डकी, नवोदित, स्वर्णदीप र लालीगुराँस विद्याकुञ्ज विजयी भएका छन् ।
पहिलो दिन गर्ल्सतर्फ संस्कृति, तेजस्वी, ल्यान्डमार्क, ह्वाइट हेभेन र गण्डकीले जित पाएको थियो ।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङले उद्घाटन गरे । ल्यान्डमार्क एकेडेमीको संयोजनमा भइरहेको प्रतियोगितामा ब्वाइज १४ र गर्ल्समा ८ टिम सहभागी छन् । खेल ल्यान्डमार्कमै भइरहेको छ ।