डाबर रेडपेस्ट र डाबर हनी सुदूरपश्चिम रोयल्ससँग जोडिनेछ ।
काठमाडौँ — डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसिएट’ प्रायोजक बनेको छ । बिहीबार डाबर नेपाल र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो ।
डाबर रेडपेस्ट र डाबर हनी सुदूरपश्चिम रोयल्ससँग जोडिनेछ । डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले यो साझेदारीले क्रिकेटको उत्साह र लाखौं नेपाली उपभोक्ताको विश्वासलाई एक ठाउँमा ल्याउने उत्साहजनक एनपीएल सिजनको प्रतीक्षा रहेको बताए । उनले नम्बर एक ब्रान्डसँग एनपीएलको शीर्षमध्ये एक टोलीसँग जोडिन पाउँदा खुसी लागेको बताए ।
सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले हाम्रो टिमसँग डाबर जस्तो प्रसिद्ध ब्रान्ड जोडिनु अत्यन्तै खुसीको पक्ष भएको बताउँदै सम्झौताले टोलीमा ऊर्जा र उत्साह थपिएको बताए ।
