पाकिस्तान दूतावासमा क्रिकेट उत्सव  

सिनेमा, कला, संगीत, खेलकुद र मिडिया क्षेत्रका चर्चित व्यक्तिबीचको यो मैत्रीपूर्ण २० ओभरको खेलले दर्शकमा रोमान्चक र एकताको भावनासहित उर्जा भरेको थियो ।

कार्तिक २७, २०८२

कान्तिपुर संवाददाता

Cricket festival at Pakistan Embassy

काठमाडौँ — स्टार्स युनाइट फर क्रिकेट्स राइज’ काठमाडौंस्थित पाकिस्तान दूतावास क्रिकेट मैदानमा सकिएको छ ।

सिनेमा, कला, संगीत, खेलकुद र मिडिया क्षेत्रका चर्चित व्यक्तिबीचको यो मैत्रीपूर्ण २० ओभरको खेलले दर्शकमा रोमान्चक र एकताको भावनासहित उर्जा भरेको थियो ।

टिम द इन्टरटेनरसका कप्तान चर्चित कवि विप्लव प्रतीकले बलिङ र टिम द स्टार्सका कप्तान चर्चित गायक आनन्द कार्कीले ब्याटिङ गरेका थिए । खेलमा स्टार्स १ विकेटले पराजित भयो ।

खेलमा नेपालका लागि पाकिस्तानी राजदूत स्वाम नै उपस्थित थिए । क्रिकेट उत्सवका संस्थापक सन्जिव उपाध्यायले सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा क्रिकेट उत्सव (सेलिब्रेटी लिग) को योजना र तयारी सुरु भएको घोषणा गरे र त्यसमा ६ फरक टोलीबीच प्रतिस्पर्धा हुने बताए ।

यस्ता कार्यक्रमहरूले हाम्रो कलाकार र खेलाडीलाई एउटै मञ्चमा ल्याएर देशमा क्रिकेटप्रतिको प्रेमलाई अझ बढाउने क्रिकेट उत्सवका अर्का पहलकर्ता विवेक खतिवडाले बताए ।  

Cricket festival at Pakistan Embassy

कान्तिपुर

Link copied successfully