सिनियरमा निःसर्गले एलआरआईलाई ३०–७ स्कोरले पराजित गर्यो । निःसर्गका कृतिकले ७ स्कोर जोडे । जुनियरतर्फ निःसर्गले बाघभैरवलाई १०–४ ले हरायो । निःसर्गका अर्पितले ४ स्कोर गरे ।
काठमाडौँ — निःसर्गले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर र जुनियर ब्वाइजमा जित पाएको छ । सिनियरमा निःसर्गले एलआरआईलाई ३०–७ स्कोरले पराजित गर्यो । निःसर्गका कृतिकले ७ स्कोर जोडे ।
जुनियरतर्फ निःसर्गले बाघभैरवलाई १०–४ ले हरायो । निःसर्गका अर्पितले ४ स्कोर गरे । सिनियर ब्वाइजमा ज्ञानोदयले युनाइटेड युनिभर्सललाई १८–२, मंगलले ज्ञानोदयलाई ३४–२३, स्वर्णिमले एभीएमलाई ३३–२२, रेडियन्ट पब्लिकले ल्याबोरेटरीलाई ३२–१८, भ्याली भ्यूले न्यु जेनिथलाई २७–१७ र आयोजक पुष्पसदनले स्वर्णिमलाई ३८–२१ ले पाखा लगाए ।
ज्ञानोदयका प्रयुन्श शेरचनले ६, मंगलका अनुक महर्जनले १७, स्वर्णिमका रिजेनले ८, रेडियन्टका सुप्रित लामिछानेका ९, भ्याली भ्यूका गणेशबहादुर विष्टले ९ र पुष्पसदनका सम्राट लामाले १५ स्कोर बटुले ।
जुनियर ब्वाइजमा राराहिलले मंगललाई २०–८ तथा ग्रिनफिल्डले भ्याली भ्युलाई १९–४ ले पन्छाए । राराहिलका निशान केसीले ८ र अजय मगरले ९ स्कोर गरे ।
