पहिलो सिजनमै विराटनगरसँग सहकार्य गरेको पीएलओले निरन्तर साथ दिने घोषणा गरेको छ ।
विराटनगर — एनपीएलका लागि विराटनगर किंग्स र पीएलओ ग्रुपबीच मंगलबार प्रायोजन सम्झौता भएको छ ।
पहिलो सिजनमै विराटनगरसँग सहकार्य गरेको पीएलओले निरन्तर साथ दिने घोषणा गरेको छ । सम्झौतामा विराटनगर किंग्स टिम मालिक पारस लुनिया, नारायण मुन्दडा र सुयश प्याकुरेल र पीएलओबाट भोलेश्वर दुलाल र आकाश दुलाल उपस्थित थिए ।
पीएलओका अध्यक्ष भोलेश्वर दुलालले विराटनगर किंग्सलाई निरन्तर सहयोग र साथ दिने प्रतिबद्धता जनाउँदै टोलीले कोशी प्रदेशको गौरव बढाइरहेको बताए ।
विराटनगर किंग्सका मालिक पारस लुनियाले क्रिकेटले देशका युवालाई एकतामा बाँध्ने काम गरिरहेको र एनपीएलले नेपाली खेलाडीमा नयाँ उत्साह र उर्जा भरेको बताएका थिए ।
