कीर्तिपुरस्थित घरेलु कोर्टमा पुष्पसदनले न्यु जेनिथलाई ३६–२७ र रेडियन्ट पब्लिकले निःसर्गलाई ४५–२४ ले हराए ।
काठमाडौँ — आयोजक पुष्पसदन र रेडियन्ट पब्लिक मंगलबार चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा विजयी भएका छन् ।
कीर्तिपुरस्थित घरेलु कोर्टमा पुष्पसदनले न्यु जेनिथलाई ३६–२७ र रेडियन्ट पब्लिकले निःसर्गलाई ४५–२४ ले हराए । पुष्पसदनका सम्राट लामाले १३ र रेडियन्टका विदानले ११ स्कोर जोडे ।
सिनियर ब्वाइजमै राराहिलले मेगसलाई ३५–२४, रेडियन्ट रिडर्सले क्रिएटिभलाई २८–२१, युनाइटेड युनिभर्सलले ग्रिन भिलेजलाई १९–१२, भ्याली भ्युले स्वर्णिमलाई ४०–३५ र राराहिलले लिटिल एन्जल्सलाई ४६–३१ स्कोरले हराए ।
जुनियर ब्वाइजमा भ्याली भ्यूले मंगललाई २४–२ र राराहिलले ग्रिनफिल्डलाई २०–१५ ले हराए । भ्यालीका जेनिश भुसालले १० र राराहिलका निशान केसीले १८ स्कोर गरे ।
