गर्ल्समा ज्ञानोदय र ग्रिनल्यान्ड विजयी

आयोजक ठुङ्रम इन्टरनेसनल एकेडेमी (टीआईए) को कोर्टमा भइरहेको प्रतियोगितामा कन्स्टिलेसनले हेम्सलाई ५३–५० स्कोरले हरायो ।

कार्तिक २५, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — कन्स्टिलेसन र ज्ञान निकेतन मंगलबार १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ प्रिक्वाटरफाइनल पुगेका छन् । आयोजक ठुङ्रम इन्टरनेसनल एकेडेमी (टीआईए) को कोर्टमा भइरहेको प्रतियोगितामा कन्स्टिलेसनले हेम्सलाई ५३–५० स्कोरले हरायो ।

कन्स्टिलेसनका सोदिन तामाङले २२ स्कोर गरे । सवाज मन्सुरको १० स्कोरमा ज्ञान निकेतनले जोन डेवीमाथि ३०–१७ को जित पायो ।

ब्वाइजमै एलआरआईले काठमाडौं युरोलाई ३३–२० ले पाखा हराएर प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो । विजेताका आश्रित थापाले १० स्कोर गरे ।

स्किब्स, विल्सन एकेडेमी, बीएमसीए, अपी स्कुल, भ्याली पब्लिक, टीआईए ‘ए’, युरो स्कुल, निम्स, ग्रिनल्यान्ड, दुर्गा भवानी, श्री मंगलदीप र भीएस निकेतन पनि प्रिक्वाटरफाइनल पुगे ।

गर्ल्समा ज्ञानोदयले टीआईए ‘बी’ लाई २०–१०, ग्रिनल्यान्डले युरोलाई २६–१८ र काष्ठमण्डप विद्यालयले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २९–१५ ले हराए । ज्ञानोदयकी सिमरनले १०, ग्रिनल्यान्डकी प्रसिद्धी भण्डारीले १० र काष्ठमण्डपकी कस्भीले ११ स्कोर गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully