लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ।
What you should know
हेटौंडा — कास्कीको लालीगुराँस एसोसिएसनले एन्फा प्रेसिडेन्ट लिगमा दोस्रो जित निकालेको छ। मंगलबार हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा काठमाडौंको चित्लाङ एफसीलाई ३–० गोलले हराउँदै लालीगुराँसले लिगमा दोस्रो जित निकालेको हो।
लालीगुराँसका लागि लछु थापाले ३८ औं, आशिष गुरुङले ५६ औं र सुलेमन थापा मगरले ८० औं मिनेटमा गोल गरे। प्लेयर अफ दि म्याच लछु घोषित भए। लिगमा ३ खेल खेलेको लालीगुराँसले २ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ। लालीगुराँसले कात्तिक १९ गते अर्थात् बुधबार कैलालीको विजय स्पोर्ट्ससँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा बर्दियाको जनजागृतिलाई ४–० गोलले हराएको थियो। समान ३ खेल खेलेको चित्लाङले भने पहिलो हार बेहोरेको छ। चित्लाङले पहिलो खेलमा कात्तिक १९ गते बुधबार धनकुटाको देउराली युथ क्लबलाई ४–१ गोलले हराएको थियो भने शुक्रबार विजय स्पोर्ट्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।
मंगलबारको दोस्रो खेलमा कैलालीको विजय स्पोर्ट्स र बर्दियाको जनजागृतिले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ। विजय स्पोर्ट्सका लागि अरोन थापाले ४१ औं र जनजागृतिका लागि हरिहर बुढा मगरले ९४ औं मिनेटमा गोल गरे। प्लेयर अफ दि म्याच जागृतिका हरिहर बुढा घोषित भए। लिगमा ४ खेलमा अपराजित यात्रालाई कायम गरेको विजय स्पोर्ट्सले ३ खेलमा बराबरी र एक खेलमा मात्र जित निकालेको छ। विजय स्पोर्ट्सले बुधबार लालीगुराँससँग गोलरहित बराबरी, शुक्रबार चित्लाङसँग १–१ गोलको बराबरी र आइतबार देउराली युथ क्लबलाई ४–१ गोलले हराएको थियो। लिगमा ३ खेल खेलेको जनजागृतिले जीत निकाल्न सकेको छैन। जनजागृति शुक्रबार देउराली युथ क्लबसँग ३–१ गोलले र आइतबार लालीगुराँससँग ४–० गोलले पराजित भएको थियो।
