ट्यालेन्ट हन्ट हेटौंडा, रत्ननगर र भरतपुरमा सञ्चालन गरी अन्तिम छनोटको खेल निर्माणाधीन रंगशालाको नमुना मैदानमा भएको थियो ।
चितवन — नेपाल प्रिमियर लिग (एनपीएल)दोस्रो सिजनका लागि चितवन राइनोजले ट्यालेन्ट हन्टबाट तीन खेलाडी तय गरेको छ ।
मंगलबार चितवन रामपुरमा निर्माणाधीन क्रिकेट रंगशालाको नमुना खेल मैदानमा भएको अन्तिम छनौटमा विजेता बन्दै ‘आइकोनिक प्लेयर’मा सौगात ढकाल चयन भए । त्यसैगरी सक्रिय कार्की र नरेश प्रधान डेभलपमेन्ट स्क्वाडका रुपमा एनपीएल सिजन–२ का लागि छनोट भए ।
चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले लुकेका स्थानीय प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचान दिलाउने अवसर बनेको धारणा राखे । घरेलु क्रिकेटको विकास गर्दै भविष्यमा स्टार खेलाडी तयार गर्ने योजना चितवन राइनोजले बनाएको उनले बताए । ट्यालेन्ट हन्ट हेटौंडा, रत्ननगर र भरतपुरमा सञ्चालन गरी अन्तिम छनोटको खेल निर्माणाधीन रंगशालाको नमुना मैदानमा भएको थियो ।
