च्याम्पियनसिपमा उपत्यकाका २० स्कुलले प्रतिस्पर्धा गर्ने
काठमाडौँ — द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलुम इन्टरस्कुल फुटसल च्याम्पियनसिप कात्तिक २६ देखि हुनेछ । स्कुलकै फुटसल ग्राउन्डमा दुई दिन चल्ने च्याम्पियनसिपमा उपत्यकाका २० स्कुलले प्रतिस्पर्धा गर्ने संयोजक मनोज वैश्यले जनाए ।
प्रतियोगितामा सहभागी स्कुललाई विभिन्न ५ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार–चार टोली छन् । लिगकम नकआउटका आधारमा हुनेछ । लिग चरणको खेलपछि ५ समूहको शीर्षस्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ र सुपर फाइभ राउन्डमा खेल हुनेछ ।
संयोजक वैश्यले यो प्रतिस्पर्धा मात्र नभएर स्कुलबीच मैत्रीभाव स्थापना गर्ने र युवाको उर्जा र टिमवर्कलाई उत्सव मनाउने गर्ने माध्यम भएको बताए ।
