पुष्पसदन कपमा न्यु जेनिथ र निःसर्गको जित

न्यु जेनिथले एभीएमलाई १७–१६ स्कोर अन्तरले पराजित गर्‍यो । निःसर्गले ल्याबोरेटरीलाई ४१–३८ स्कोरले हरायो । निःसर्गका सन्चितले २१ स्कोर जोडे ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

New Zenith and Nisarg win in Pushpasadan Cup

काठमाडौँ — न्यु जेनिथ र निःसर्गले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित पाएको छ ।

न्यु जेनिथले एभीएमलाई १७–१६ स्कोर अन्तरले पराजित गर्‍यो । निःसर्गले ल्याबोरेटरीलाई ४१–३८ स्कोरले हरायो । निःसर्गका सन्चितले २१ स्कोर जोडे ।

सिनियर ब्वाइजमै मंगलले ग्रिन भिलेजलाई ४७–९, मेगसले रेडियन्ट रिडर्सलाई ३५–२५, आयोजक पुष्पसदनले भ्याली भ्युलाई ५४–४२, बाघभैरवले युनाइटेड युनिभर्सललाई १७–११ र लिटिल एन्जल्स (एलए) ले क्रिएटिभलाई २४–१३ ले हराए । मंगलका अनुक महर्जनले २३, मेगसका साकार विकले १५, पुष्पसदनका सम्राट लामाले २६, बाघभैरवका सक्षम राईले १० र एलएका अखिलेश यादवले ६ स्कोर गरे ।

जुनियर ब्वाइजमा ग्रिनफिल्डले मंगललाई २७–५ तथा निसर्गले पुष्पसदनलाई ४–२ ले हराउँदा ग्रिनफिल्डका अजय मगरले ८ र निःसर्गका अर्पित न्यौपाने र अभिक श्रेष्ठले २–२ स्कोर जोडे ।

कान्तिपुर

Link copied successfully