बार्सिलोनाका लागि लेवनडोस्कीको ह्याट्रिक

रियलले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेपछि बार्सिलोनालाई फाइदा पुगेको हो ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

Lewandowski's hat-trick for Barcelona

काठमाडौँ — रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार सेल्टा भिगोलाई ४–२ ले हराएको छ र शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी तीन अंकमा छोट्याएको छ ।

अर्को खेलमा रियलले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेपछि बार्सिलोनालाई फाइदा पुगेको हो । रियलको १२ खेलबाट ३१ अंक छ भने बार्सिलोनाका त्यत्तिकै खेलबाट २८ अंक भएको छ ।

बालाडोसमा भएको खेलमा लेवनडोस्कीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गरे । त्यसपछि ३७ र ७३ औं मिनेटमा अन्य गोल थपे । बार्सिलोनाको अर्को गोल लामिन यामलको नाममा रह्यो र उनले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका हुन् ।

कान्तिपुर

Link copied successfully