झापा महिला गोल्डकप : पुलिसले उचाल्यो उपाधि

झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा पुलिसले अर्को विभागीय प्रतिद्वन्द्वी एपीएफलाई १–० गोल अन्तरले हराउँदै उपाधि उचालेको हो ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

Jhapa Women's Gold Cup: Police lift the title

झापा — नेपाल पुलिस क्लबले झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा पुलिसले अर्को विभागीय प्रतिद्वन्द्वी एपीएफलाई १–० गोल अन्तरले हराउँदै उपाधि उचालेको हो ।

पुलिसको जितका लागि खेलको २१औं मिनेटमा मिना देउवाले गरेको गोल नै निर्णायक बन्यो । यसअघि सेमिफाइनल चरणमा नेपाल पुलिस क्लबले संकटा एफसीलाई र एपीएफले आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।

प्रतियोगिताको विजेता पुलिसले १० लाख १० हजार रुपैयाँ र दोस्रो भएको एपीएफले पाँच लाख रुपैयाँ पाएको छ ।

कान्तिपुर

Link copied successfully