एनपीएलको पहिलो खेलमा जनकपुरले काठमान्डु गोर्खाजसँग खेल्ने

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रकाशित गरेको खेल तालिकाअनुसार मंसिर १ देखि सुरु दोस्रो संस्करणको एनपीएलको पहिलो खेलमा जनकपुर र काठमान्डु आमनेसामने हुनेछ ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

Janakpur to play Kathmandu Gorkhas in first match of NPL

What you should know

काठमाडौँ — साबिक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि रक्षा अभियान काठमान्डु गोर्खाजसँग खेलेर गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रकाशित गरेको खेल तालिकाअनुसार मंसिर १ देखि सुरु दोस्रो संस्करणको एनपीएलको पहिलो खेलमा जनकपुर र काठमान्डु आमनेसामने हुनेछ ।

जनकपुरले गत वर्ष सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै पहिलो संस्करणको एनपीएल जितेको थियो । करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाज गत सिजन पाँचौं स्थानमा रहेको थियो । जनकपुर र काठमान्डुको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ । 

सुदूरपश्चिमले प्रतियोगिताको तेस्रो दिन काठमान्डुसँगै आफ्नो पहिलो खेल खेल्ने छ । दोस्रो दिन (मंसिर २) मा चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । गत सिजन पुछारमा रहेको लुम्बिनी लायन्सले चौथो दिन आफ्नो पहिलो खेल चितवनसँग खेल्ने छ । कर्णाली याक्स र लुम्बिनी लायन्सबीच मंसिर २१ गते लिग चरणको अन्तिम खेल हुनेछ । 

सहभागी ८ फ्रेन्चाइज टोलीले एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । मंसिर २३ गते क्वालिफायर १, मंसिर २४ गते इलिमिनेटर र मंसिर २५ गते क्वालिफायर २ हुनेछ । फाइनल मंसिर २७ मा हुनेछ । 

फ्लडलाइटमा एनपीएल

एनपीएलका खेलहरू फ्लडलाइटमा पनि हुनेछ । हरेक दिनको एक खेल साँझ टुगिने गरी क्यानले खेलतालिका प्रकासित गरेको छ । जनकपुर र काठमान्डुको खेल ४ बजे सुरु भएपछि फ्लडलाइट बल्ने छ । दिउँसो सुरु हुने खेल ३.३० बजे र ४ बजे सुरु हुनेछ र फ्लडलाइटमा टुंगिने छ । 

नेपालमा पहिलो पटक फ्लडलाइटमा क्रिकेट खेल हुन लागेको हो । एनपीएल सुरु हुन एक साता बाँकी रहेको अवस्थामा पुनर्निर्मित कीर्तिपुर मैदानमा हाल फ्लडलाइटका कामहरू भइरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully