टीआईए कपमा ज्ञानोदय र काष्ठमण्डप विजयी

ज्ञानोदयले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १५–९ स्कोरले पराजित गर्‍यो ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

Gyanodaya and Kasthamandap win in TIA Cup

काठमाडौँ — ज्ञानोदय र काष्ठमण्डप सोमबार १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्सतर्फ विजयी भएका छन् ।

ज्ञानोदयले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १५–९ स्कोरले पराजित गर्‍यो । ज्ञानोदयको जितमा प्रिन्सेस थापामगरले ६ स्कोर जोडिन् । भनिराको १३ स्कोरमा काष्ठमण्डपले आयोजक ठुङ्रम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘बी’ लाई ३१–१६ स्कोरले हरायो । गर्ल्समै ग्रिनल्यान्डले अपीमाथि ३०–१९ को जित पायो । ग्रिनल्यान्डकी बिहानी राईले १२ स्कोर गरिन् ।

ब्वाइजमा युरो स्कुलले जोन डेवीलाई ३०–१६, एलआरआईले स्किब्सलाई ४३–३० र हेम्सले ज्ञानोदयलाई ३८–१५ ले हराएर । युरोका देवले ९ र हेम्सका जोनस कुइँकेलले १४ स्कोर गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully