ग्वार्डिओलाको हजारौं खेलमा सिटी विजयी

यो जितपछि सिटी फेरि इंग्लिस प्रिमियर लिगको उपाधि होडमा फर्केको छ ।

कार्तिक २४, २०८२

कान्तिपुर संवाददाता

City wins in Guardiola's thousandth game

काठमाडौँ — प्रशिक्षकको रूपमा पेप ग्वार्डिओलाको हजारौं खेलमा आइतबार राति म्यानचेस्टर सिटीले लिभरपुललाई सजिलै ३–० ले पराजित गरेको छ । यो जितपछि सिटी फेरि इंग्लिस प्रिमियर लिगको उपाधि होडमा फर्केको छ ।

सिटीको ११ खेलबाट २२ अंक भएको छ र यो शीर्षमा रहेको आर्सनलसँग चार अंकको दूरी मात्रै हो । इतिहाडमा भएको खेलमा सिटीका लागि हर्लिङ हालान्ड, निको गोन्जालेज र जेरेमी डोकुले गोल गरे ।

आइतबारका अन्य खेलमा एस्टन भिल्लाले बर्नमाउथलाई ४–०, ब्रेन्टफोर्डले न्युकासल युनाइटेडलाई ३–१ र नटिङघम फरेस्टले लिड्स युनाइटेडलाई ३–१ ले हरायो । क्रिस्टल प्यालेस र ब्राइटनले भने गोलरहित बराबरी खेले । 

कान्तिपुर

Link copied successfully