एन्फा प्रेसिडेन्ट लिग : नव जागृति र काँक्रेविहारको जित

प्लेयर अफ दि म्याच नव जागृतिमा अविनाष स्याङ्तन घोषित भए।

कार्तिक २४, २०८२

प्रताप विष्ट

ANFA President's League: Nava Jagriti and Kankrebihar win

What you should know

हेटौंडा — बाराको नव जागृति युवा क्लबले एन्फा प्रेसिडेन्ट लिगमा पहिलो र सुर्खेतको काँक्रेविहार युथ क्लबले दोस्रो जित निकालेको छ।

हेटौंडाको गौरीटार रंगशालामा सोमबार भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई २–० गोलले हराउँदै लिगमा जागृतिले पहिलो र दोलखाको टाइगर्स टिमलाई १–० गोलले हराउँदै काँक्रेविहारले लिगमा दोस्रो जित निकालेको हो । नव जागृतिका लागि राजन न्यौपानेले खेलको ५७ औं र विकास दर्लामीले ६२ औं मिनेटमा गोल गरे। प्लेयर अफ दि म्याच नव जागृतिमा अविनाष स्याङ्तन घोषित भए। जागृतिले शनिबार सुर्खेतको काँक्रेविहारसँग १–१ गोलको बराबरी खेलेको थियो। लिगमा २ खेल खेलेको गाईघाट बिहीबार दोलखाको टाइगर्स टिमसँग २–१ गोलले पराजित भएको थियो।  

ANFA President's League: Nava Jagriti and Kankrebihar win

सोमबारको दोस्रो खेलमा काँक्रेविहार युथ क्लबले टाइगर्स टिमलाई १–० गोलले हराउँदै लिगमा दोस्रो जित निकालेको छ। काँक्रेविहारका लागि रोमन भुजेलले ६३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। काँक्रेविहारका अमित लामा प्लेयर अफ दि म्याच घोषित भए। 

लिगमा ३ खेल खेलेको काँक्रेविहारले बिहीबार तनहुँको हैरान्स क्लबलाई ३–२ गोलले पराजित गरेको थियो भने शनिबार बाराको नव जागृति युवा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो। टाइगर्सले भने लिगमा दोस्रो हार बेहोरेको हो। टाइगर्सले बिहीबार गाईघाट फुटबल क्लबलाई २–१ गोलले हराएको थियो भने शनिबार हैरान्स क्लबसँग ५–२ गोलले पराजित भएको थियो। 

लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा १० टिमलाई २ समूहमा विभाजन गरिएको छ। दुई समूहको विजेता र उपविजेता गरी ४ टिमले राष्ट्रिय लिग प्रतियोगितामा सहभागी जनाउन पाउनेछ। प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully