सन्डरल्यान्डसँग बराबरीमा रोकियो आर्सनल

सन्डरल्यान्डले नै ड्यानिएल बालार्डको गोलले पहिलो हाफमा अग्रता लिएको थियो ।

कार्तिक २३, २०८२

कान्तिपुर संवाददाता

Arsenal held to a draw by Sunderland

काठमाडौँ — सन्डरल्यान्डले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई शनिबार २–२ को रोमाञ्चक बराबरीमा रोकेको छ ।

स्टेडियम अफ लाइट्समा सन्डरल्यान्डका लागि ब्रायन ब्रोबेयीले दोस्रो हाफको इन्ज्युरी समयमा बराबरी गोल गरे ।

सन्डरल्यान्डले नै ड्यानिएल बालार्डको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । त्यसपछि आर्सनलका तर्फबाट बुकायो साका र लियानड्रो ट्रोसार्डले गोल गरे । यो नजितापछि आर्सनल २६ अंकमा पहिलो स्थानमा रह्यो ।

सन्डरल्यान्ड भने १९ अंकमा चौथो स्थानमा पुगेको छ । शनिबारको अर्को प्रमुख खेलमा चेल्सीले उल्भ्सलाई ३–० ले हरायो र २० अंकमा दोस्रो स्थान उक्लिन सफल रह्यो । यस्तै अन्य खेलमा एभरटनले फुलहमलाई २–० र वेस्ट ह्यामले बर्नलीलाई ३–२ ले हरायो ।

कान्तिपुर

Link copied successfully