केभीआर समिट च्यालेन्जमा विशाल र मारिजे पहिलो

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फका विजेता विशालले २ घन्टा ३१ मिनेटमा दौड पूरा गरे । नेपालकै वीरेन्द्र पाण्डे र युगल राई दोस्रो र तेस्रो स्थानमा रहे ।

कार्तिक २२, २०८२

कान्तिपुर संवाददाता

Vishal and Marije come first in KVR Summit Challenge

काठमाडौँ — केभीआर समिट च्यालेन्ज तेस्रो संस्करणको दोस्रो चरणमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन पहिलो भएका छन् ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फका विजेता विशालले २ घन्टा ३१ मिनेटमा दौड पूरा गरे । नेपालकै वीरेन्द्र पाण्डे र युगल राई दोस्रो र तेस्रो स्थानमा रहे । वीरेन्द्रले दुई घन्टा ४२ मिनेट तथा युगलले ३ घन्टा ३७ मिनेटमा दौड पूरा गरे ।

महिलातर्फ मारिजेले ३ घन्टा ३७ मिनेटमा दौड पूरा गरिन् । स्कटल्यान्डकी जर्जिया टिन्डलेले ४  घन्टा ७ मिनेट ५० सेकेन्ड र फिनल्यान्डकी सोन्या मुइतारी ४  घन्टा ९ मिनेट ५१ सकेन्ड दौड पूरा गरी दोस्रो र तेस्रो स्थानमा रहे । 

२१ किमि दौड स्यूचाटारबाट सुरु भएर गुरजे भञ्ज्याङ, शिवरी पिक, डाँडा गाउँ, गुरजे भञ्ज्याङ हुँदै सूर्यचौरमा आएर सम्पन्न भएको थियो ।

कान्तिपुर

Link copied successfully