प्रशिक्षक खड्काले किरण लिम्बूको नेतृत्वमा २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।
काठमाडौँ — प्रमुख प्रशिक्षक हरि खड्काले बंगलादेश र मलेसियाविरुद्धको दुई खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको शनिबार घोषणा गरेका छन् । नेपालले नोभम्बर १३ मा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।
त्यसपछि नोभेम्बर १८ मा मलेसियाविरुद्ध एसियाकप छनोटको तेस्रो चरणको खेल खेल्नेछ । प्रशिक्षक खड्काले किरण लिम्बूको नेतृत्वमा २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।
घोषित टिममा अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दीप कार्की, दिनेश हेमजन, दीपेश गुरुङ, जिलेप्सीजंग कार्की र कुशल देउवा छन् ।
यस्तै अन्य खेलाडीमा लाकेन लिम्बू, मणि लामा, मनीष डांगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवास बम, सुमिन श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ छन् ।
