कीर्तिपुरस्थित घरेलु कोर्टमा शनिबार पुष्पसदनले एभीएमलाई ४०–१० स्कोरले हरायो । पुष्पसदनका सम्राट लामाले १९ स्कोर जोडे ।
काठमाडौँ — आयोजक पुष्पसदन आमाविले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सफलता पाएको छ ।
कीर्तिपुरस्थित घरेलु कोर्टमा शनिबार पुष्पसदनले एभीएमलाई ४०–१० स्कोरले हरायो । पुष्पसदनका सम्राट लामाले १९ स्कोर जोडे ।
सिनियर ब्वाइजमै बाघभैरव, राराहिल र मगस पनि विजयी भए । रोहनको १२ स्कोरमा बाघभैरवले ग्रिन भिलेजलाई १५–९ ले हरायो । राराहिलले क्रिएटिभलाई ३२–९ ले र मगसले लिटिल एन्जल्स (एलए) लाई ४१–२९ ले हराए । राराहिलका ओवेश भुसालले ६ र मगसका सिमोन रम्जालीले १२ स्कोर बटुले ।
पुष्पसदनका संस्थापक एवं निर्देशक महेश श्रेष्ठले निर्णायकलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे । तीन विधामा विभिन्न विद्यालयका ५१ टिमले भाग लिएका छन् । सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा ७ र गर्ल्समा २५ टिम सहभागी छन् ।
