अभिषेकले युटीआर बेंगलुरु टेनिस खेल्ने

भारतको बंगलुरुमा आइतबारदेखि सुरु हुने यूटीआर प्रो बेंगलुरु टेनिसमा भाग लिनका लागि अभिषेक खेलस्थल पुगिसकेका छन् ।

कार्तिक २२, २०८२

कान्तिपुर संवाददाता

Abhishek to play tennis at UTR Bengaluru

काठमाडौँ — व्यावसायिक नेपाली टेनिस खेलाडी अभिषेक बाँस्तोला भारतमा हुने यूटीआर प्रो टेनिस टुरअन्तर्गत बेंगलुरु मेन्स टेनिस प्रतियोगितामा भाग लिने भएका छन् ।

भारतको बंगलुरुमा आइतबारदेखि सुरु हुने यूटीआर प्रो बेंगलुरु टेनिसमा भाग लिनका लागि अभिषेक खेलस्थल पुगिसकेका छन् ।

२० हजार अमेरिकी डलर पुरस्कार राशि भएको बेंगलुरु टेनिसका लागि नेपालबाट खेल्न उनी एक्लो खोलडी हुन् । अभिषेकले सन् २०२१ देखि युटीआर प्रो टेनिसका १३ वटा प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । विश्वका शीर्ष ३ हजार बढी खेलाडीले युटीआर प्रो सिरिज खेल्ने गर्छन् ।

यही नोभेम्बर १५ सम्म रोहन बोपरा टेनिस एकेडेमीमा चल्ने प्रतियोगितामा अभिषेकले राउन्ड रोबिनमा प्रतिस्पर्धा गर्नेछन् । अभिषेकले पहिलो खेलमा अमेरिकी खेलाडी विक्रमजित चावलासँग खेल्नेछन् । अन्य तीन खेलमा उनको प्रतिद्वन्द्वी आयोजक भारतीय खेलाडी हुनेछन् ।

कान्तिपुर

Link copied successfully