ब्वाइजमा २४ र गर्ल्समा १६ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौँ — ठुङ्रम इन्टरनेसनल एकेडेमी (टीआईए) को आयोजनामा १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदै छ ।
‘शिक्षा र खेलकुदसँगै’ भन्ने नारा व्यहारमा उतार्ने उद्देश्यसहित भइरहेको प्रतियोगितामा २८ विद्यालयका ४० टिमको सहभागिता रहने टीआईएकी प्रधानाध्यापक नीरा प्रधानले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
ब्वाइजमा २४ र गर्ल्समा १६ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताका खेल हात्तीगौंडास्थित आयोजककै कोर्टमा खेलाइने छ ।
