सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन, स्वस्तिका फाइनलमा

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार सर्वज्ञले गगन श्रेष्ठलाई १०–७, १०–७ ले, स्वर्णिमाले वाणी राजभण्डारीलाई १०–६, १०–७ ले र निम्तिले रजिशा जोशीलाई ६–१, ६–४ को सोझो सेटमा हराए ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Sarvajna, Swarnima and Nitmi are champions, Swastika is in the finals

What you should know

काठमाडौँ — सर्वज्ञजंग खत्री, स्वर्णिमा श्रेष्ठ र निम्ति कुँवरले  मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सिंगल्सको यू–८ ब्वाइजमा सर्वज्ञ र गर्ल्समा स्वर्णिमा तथा यू–१० गर्ल्समा निम्ति विजेता भए ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार सर्वज्ञले गगन श्रेष्ठलाई १०–७, १०–७ ले, स्वर्णिमाले वाणी राजभण्डारीलाई १०–६, १०–७ ले र निम्तिले रजिशा जोशीलाई ६–१, ६–४ को सोझो सेटमा हराए ।

महिला सिंगल्सको उपाधिलाई शिभाली गुरुङ र स्वस्तिका विष्ट भिड्ने भएका छन् । शिभालीले सुनिरा थापालाई ६–२, ६–० ले र स्वस्तिकाले प्रकृति श्रेष्ठलाई ६–०, ६–२ को सोझो सेटमा हराए ।

पुरुष सिंगल्समा प्रदीप खड्काले आयुशमान घलेलाई ६–३, ६–१, प्रणव मानन्धरले निहालजंग थापालाई ६–०, ६–४, निशान श्रेष्ठले सक्षमविक्रम शाहलाई ६–२, ६–० र राजवीर प्रधानले छेवाङ लामालाई ६–०, २–० (रिटायर्ड हर्ट) ले हराएर सेमिफाइनलमा स्थान बनाए ।

यू–९ ब्वाइज सिंगल्समा कायान चालिसेले सोनाम घलेलाई ४–२, ४–० तथा सर्वज्ञले आयान पन्तलाई ४–०, ४–० ले हराएर फाइनलमा स्थान बनाए । गर्ल्समा निम्ति कुँवरले सहारा कायस्थलाई ४–०, ४–२ र अमिरा गुप्ताले हीरादेवी घलेलाई ४–०, ४–० ले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरे ।

यू–१६ ब्वाइज सिंगल्समा असभसम्राट हाडाले सुरेन्द्र बिकलाई ६–२, ६–० ले र दर्शिल श्रेष्ठले साङ्गे रोकायालाई ६–३, ६–० ले हराएर फाइनलमा स्थान बनाए । यू–१० ब्वाइज सिंगल्समा कायान चालिसेले भिरल अग्रवालविरुद्ध ६–२, ६–४ को जितसहित फाइनल तय गरे ।

यू–१२ तर्फ ब्वाइज सिंगल्समा वेदान्त चालिसे, आरित मल्ल, सभ्यजंग कार्की र विश्वविशेष डल्लाकोटी सेमिफाइनलमा पुगे । गर्ल्समा सरा पन्तले स्वराह थापालाई ७–५, ६–७, ६–३ ले र नाइरा घलेले अनुश्री ध्वजुलाई ६–३, ६–४ ले हराउँदै फाइनलमा पुगेका छन् ।

यू–१४ ब्वाइज सिंगल्समा साङ्गे रोका, आरित मल्ल, वेदान्त चालिसे र युभेनमान श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरे । गर्ल्समा स्वराह थापा, इरा खत्री, आयुशा जिसी र सरा पन्तले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

कान्तिपुर

Link copied successfully