पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

बिहीबार भएको दोस्रो सेमिफाइनलमा काठमाडौँको न्यू रोड टिम (एनआरटी) लाई हराउँदै आयोजक पथरी–११ फाइनलमा प्रवेश गरेको हो । पथरी ११ का लागि निर्णायक गोल सौर्य राउतले गरेका हुन् । राउतले खेलको २५औं मिनेटमा गोल गरेका थिए ।

कार्तिक २०, २०८२

रासस

Pathari Shanishchare Gold Cup: Pathari-11 and Salahes in the final

पथरी — अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका लागि पथरी–११ र सिराहाको सलहेसबीच प्रतिस्पर्धा हुने भएको छ । 

बिहीबार भएको दोस्रो सेमिफाइनलमा काठमाडौँको न्यू रोड टिम (एनआरटी) लाई हराउँदै आयोजक पथरी–११ फाइनलमा प्रवेश गरेको हो । पथरी ११ का लागि निर्णायक गोल सौर्य राउतले गरेका हुन् । राउतले खेलको २५औं मिनेटमा गोल गरेका थिए । 

खेलको ८८औं मिनेटमा विवेक गुरुङले रातो कार्ड पाएपछि एनआरटी १० खेलाडीमा सीमित बनेको थियो । खेलको म्यान अफ दी म्याच पथरी–११ सौर्य राउत घोषित भए । उनले रु ११ हजार ५०० पुरस्कार प्राप्त गरे । 

बुधबार भएको पहिलो सेमिफाइनलमा सलहेस सिराहाले पाँचथर क्लब पाँचथर फिदमलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । फाइल खेल कात्तिक २२ गते हुने छ ।  प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

रासस

Link copied successfully