इन्टरको शतप्रतिशत प्रदर्शन कायम

म्यानचेस्टर सिटीले पनि आफ्नो अपराजित याक्रा कायम राख्ने त्रममा बोरुसिया डर्टमुन्डलाई ४–१ ले हराएको छ ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Inter's 100% performance continues

काठमाडौँ — युरोपेली च्याम्पियन्स लिगमा इन्टर मिलानले आफ्नो शतप्रतिशत प्रदर्शनलाई बुधबार कायम राखेको छ र यसक्रममा काइराट आल्माटीलाई २–१ ले पराजित गरेको छ ।

म्यानचेस्टर सिटीले पनि आफ्नो अपराजित याक्रा कायम राख्ने त्रममा बोरुसिया डर्टमुन्डलाई ४–१ ले हराएको छ । 

बार्सिलोना भने क्लब ब्रुगको हातबाट ३–३ को बराबरीमा रोकिएको छ । बायर्न म्युनिक र आर्सनलसँगै इन्टर लगातार चौथो जित निकाल्ने टिम रहेका छन् । उनीहरू १२ अंकमा शीर्ष तीन स्थानमा रहेका छन् । इन्टरका लागि कार्लोस अगुस्टोले निर्णायक गोल गरे ।

इतिहाडमा भएको खेलमा सिटीका लागि फिल फोडेनले दुई गोल गरे भने इर्लिङ हालान्डले आफ्नै पूर्व क्लबविरुद्ध एक गोल गरे । पेप ग्वार्डिओलोको सिटीको दस अंक भएको छ र चौथो स्थानमा छ । बार्सिलोना भने तीन पल्ट पछाडि रहेको स्थितिबाट बराबरी हात पार्न सफल भएको हो ।

बुधबारका अन्य खेलमा पाफोसले भिल्लारियललाई १–०, गालाटासारेले आयाक्सलाई ३–०, बायर लेभरकुजनले बेनफिकालाई १–०, एटलान्टाले मार्सेलाई १–० र न्युकासल युनाइटेडले एथलेटिको बिलबाओलाई २–० ले हरायो । चेल्सी र कोरााबागले भने २–२ को बराबरी खेले ।

कान्तिपुर संवाददाता

Link copied successfully