भारतका पूर्वक्रिकेटरद्वय रैना र धवनको ११.१४ करोड सम्पत्ति जफत

ईडीले रैनाको नाममा रहेको ६.६४ करोडको म्युचुअल फन्ड र शिखर धवनको नाममा रहेको ४.५ करोडबराबरको अचल सम्पत्ति अस्थायी रूपमा जफत गरेको हो ।

कार्तिक २०, २०८२

कान्तिपुर संवाददाता

Former Indian cricketers Raina and Dhawan's assets worth Rs 11.14 crore seized

काठमाडौँ — भारतको प्रवर्तन निदेशनालय(ईडी) ले पूर्वक्रिकेटरद्वय सुरेश रैना र शिखर धवनको ११.१४ करोड भारुबराबरको सम्पत्ति अस्थायी रूपमा जफत गरेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार क्रिकेटरद्वय वनएक्सबेट मनी लन्ड्रिङ प्रकरणमा कारबाहीमा परेका हुन् । 

ईडीले रैनाको नाममा रहेको ६.६४ करोडको म्युचुअल फन्ड र शिखर धवनको नाममा रहेको ४.५ करोडबराबरको अचल सम्पत्ति अस्थायी रूपमा जफत गरेको हो ।

ईडीका अनुसार दुवै खेलाडीले अवैध भएको थाहा पाउँदापाउँदै वनएक्सबेटका प्रतिनिधिलाई समर्थन गरेका थिए । साथै यसमा १ हजार करोड भारु मनी लन्ड्रिङ भएको पनि ईडीले खुलासा गरेको छ ।

यसमा ६ हजारभन्दा बढी म्युचुअल खाता खोलिएको र पैसा पठाइएको पनि समाचारमा उल्लेख छ । ईडीले अहिलेसम्म ४ करोड रुपैयाँभन्दा बढी पैसा र ६० भन्दा बढी बैंकखाता फ्रिज गरिसकेको छ । 

ईडीका अनुसार रैना र धवनले वनएक्सबेट र त्यससँग जोडिएका सरोगेट ब्रान्डहरूको जानीजानी प्रचार गरेका थिए ।

कान्तिपुर

Link copied successfully