मधेश प्रदेश र जनकपुर क्षेत्रमै बलियो व्यापारिक उपस्थिति बनाइसकेको आफ्नो कम्पनीका लागि यो सहकार्य स्थानीय उपभोक्तासँग भावनात्मक रूपमा जोडिन र ब्रान्ड निष्ठा बलियो पार्ने एउटा उत्कृष्ट अवसर बनेको फेमस स्टिलले जनाएको छ ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) का लागि साबिक विजेता जनकपुर बोल्ट्ससँग फेमस स्टिल जोडिएको छ ।
मधेश प्रदेश र जनकपुर क्षेत्रमै बलियो व्यापारिक उपस्थिति बनाइसकेको आफ्नो कम्पनीका लागि यो सहकार्य स्थानीय उपभोक्तासँग भावनात्मक रूपमा जोडिन र ब्रान्ड निष्ठा बलियो पार्ने एउटा उत्कृष्ट अवसर बनेको फेमस स्टिलले जनाएको छ ।
फेमस स्टिलको मुख्य उत्पादन कारखाना बुटवल औद्योगिक क्षेत्र, रामनगर–१२ मा अवस्थित छ । त दुवै पक्षले संयुक्त प्रचार अभियान, खेलाडीको समर्थनमा ब्रान्ड प्रमोसन, स्टेडियमभित्र उत्पादन प्रदर्शन र डिजिटल सहकार्यजस्ता क्रियाकलाप गर्ने बोल्ट्सले जनाएको छ । सम्झौताअनुरुप फेमस स्टिलले जनकपुर बोल्ट्सको सफलता र शक्तिसँग आफ्नो ब्रान्डलाई जोड्नुका साथै खेलकुद र युवाप्रेरणालाई समर्थन गर्नेछ ।