नेपालका दुई खेलाडी एसियन आर्चरीमा

नोभेम्बर ८ देखि १५ सम्म हुने च्याम्पियनसिपमा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेले प्रतिस्पर्धा गर्नेछन् ।

कार्तिक १९, २०८२

कान्तिपुर संवाददाता

Two Nepali athletes in Asian Archery

काठमाडौँ — बंगलादेशको ढाकामा हुने २४ औं एसियन आर्चरी च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले भाग लिने भएको छन् । नोभेम्बर ८ देखि १५ सम्म हुने च्याम्पियनसिपमा नेपालका तिलक पुन मगर र ज्ञानु अवालेले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार खेलाडी तथा विश्व आर्चरी कंग्रेसमा भाग लिने नेपाली प्रतिनिधिलाई बिदाइ गरे । नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ, महासचिव रमेशप्रसाद सिवाकोटीले विश्व आर्चरी कंग्रेसमा सहभागिता जनाउने छन् । एनओसीका अध्यक्ष श्रेष्ठले दुवै खेलाडीलाई खेल सामग्री हस्तान्तरण गर्दै राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।

कान्तिपुर

Link copied successfully