तेस्रो कर्पोरेट टी–१० क्रिकेट यसै साता 

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतियोगिताको समूह घोषणा, ट्रफी र जर्सी अनावरण गरिएको थियो । प्रतियोगिता निर्देशक अमित पौडेलले नेपालमा क्रिकेट संस्कृति विकास गर्न कर्पोरेट क्षेत्र क्रिकेटसँग जोडिनु महत्त्वपूर्ण रहेको बताए ।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

Third Corporate T-10 Cricket this week

काठमाडौँ — सीई कर्पोरेट टी–१० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण कात्तिक २१ र २२ मा चुनिखेलमा हुने भएको छ । सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोर्ट्सको सहकार्यमा हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतियोगिताको समूह घोषणा, ट्रफी र जर्सी अनावरण गरिएको थियो । प्रतियोगिता निर्देशक अमित पौडेलले नेपालमा क्रिकेट संस्कृति विकास गर्न कर्पोरेट क्षेत्र क्रिकेटसँग जोडिनु महत्त्वपूर्ण रहेको बताए ।

टेक्निकल निर्देशक रवीन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पाटोबारे जानकारी गराए । प्रत्येक टिममा १० खेलाडी रहनेछन्, त्यसमा ८ खेलाडी प्लेइङ सेटमा रहनेछन् । खेल १० ओभरको हुनेछ ।

समूह ’ए’ मा साबिकको विजेता सानिमा जीआईसी इन्स्योरेन्स, सलिको, जगदम्बा रियल मी छन् । समूह ‘बी’ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैंक र हिमालयन एभरेस्ट इन्स्योरेन्स, समूह ‘सी’ मा रिलायबल लाइफ इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, क्लाउड फ्याक्ट्री तथा समूह ‘डी’ मा शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स छन् ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको उपाधि विजेता टोलीले १ लाख १ हजार तथा उपविजेतालेले ५० हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट ब्याटर, बलर र विकेटकिपरले समान ५ हजार तथा हरेक खेलका प्लेयर अफ द म्याचले ५ सय ५० रुपैयाँ प्राप्त गर्नेछन् ।

कान्तिपुर

Link copied successfully