एभरटनसँग सन्डरल्यान्डको बराबरी

१–१ को बराबरीमा रोकेसँगै सन्डरल्यान्ड अंक तालिकाको चौथो स्थानमा उक्लेको छ ।

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

Sunderland draws with Everton

काठमाडौँ — सन्डरल्यान्डले इंग्लिस प्रिमियर लिगमा सोमबार राति एभरटनलाई १–१ को बराबरीमा रोकेको छ र यस नतिजासँगै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ ।

स्टेडियम अफ लाइटमा भएको खेलमा एभरटनले इलिमन एडिएयको गोलले पहिलो हाफमा अग्रता लिएको थियो । त्यसपछि ग्रानिट जाकाले दोस्रो हाफमा  सन्डरल्यान्डका लागि बराबरी गोल फर्काए ।

सन्डरल्यान्डको १० खेलबाट १८ अंक भएको छ । उसको अगाडि आर्सनल २५, म्यानचेस्टर सिटी १९ र लिभरपुल १८ अंकमा रहेका छन् ।

बढुवा भएर प्रिमियर लिग आएको सन्डरल्यान्ड आफ्नो घरेलु मैदानमा यस सिजन अपराजित छ र यससँगै उनको बलियो सुरुआत कायम रह्यो ।

कान्तिपुर संवाददाता

Link copied successfully