यो सहकार्यबाट खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरूको सुरक्षाप्रति जागरूकता बढाउने अपेक्षा गरिएको छ ।
काठमाडौँ — हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाली खेलकुदको प्रवर्द्धन र बीमा सचेतना विस्तार गर्ने उद्देश्यका साथ नेपाल प्रिमियर लिग क्रिकेटको फ्रेन्चाइच टोली चितवन राइनोजसँग सह–प्रायोजन सम्झौता गरेको छ ।
सम्झौतापत्रमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री आयुष न्यौपानेले हस्ताक्षर गरे । दुबै पक्षले सम्झौताको आर्थिक पक्ष भने खुलाएका छैनन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले यो साझेदारीलाई खेल क्षेत्रमा जोखिम व्यवस्थापनको नयाँ दृष्टिकोणका रूपमा लिएको छ । खेल क्षेत्रमा विविध जोखिम रहने भएकाले, यस विषयमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले विशेष ध्यान दिएको प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले बताउनुभयो । यो सहकार्यबाट खेलकुद क्षेत्रको विकाससँगै खेलाडीहरूको सुरक्षाप्रति जागरूकता बढाउने अपेक्षा गरिएको छ ।
