होटल मिस्टिक माउन्टेनको आयोजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगितामा भइरहेको हो ।
काठमाडौँ — देवाशिष रेउलेले मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा विजयी सुरुआत गरेका छन् ।
होटल मिस्टिक माउन्टेनको आयोजनामा सातदोबाटोस्थित टेनिस कोर्टमा भइरहेको प्रतियोगितामा मंगलबार देवाशिषले ओजेज महर्जनलाई ६–२, ६–० को सोझो सेटमा पराजित गरे । अन्य खेलमा शाश्वत बुद्धाचार्य, आयुषमान घले, निश्चल कायस्थ, असभसम्राट हाडा, दर्शिल श्रेष्ठ, छेवाङ लामा, सर्वेश खनाल, विपुल अधिकारी, सन्तोष खत्री र निहालजंग राणाले सफलता पाए ।
महिला सिंगल्समा शिभाली गुरुङ, प्रकृति श्रेष्ठ र स्वस्तिका विष्टले आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराए ।
यू–१६ ब्वाइज सिंगल्समा सन्दीप बिक, अभिषेक गुरुङ, दर्शिल श्रेष्ठ, युभेनमान श्रेष्ठ, साङ्गे रोकाया, सुरेन्द्र बिक र सूर्यांश श्रेष्ठले जित हात पारे । यू–१४ ब्वाइज सिंगल्समा आर्यश पौडेल, सुरेन्द्र बिक, सुजन कुइँकेल र समय विष्ट विजयी भए ।
यू–१२ ब्वाइज सिंगल्समा अभिषेक बयलकोटीले जित पाए । गर्ल्समा आर्या पौडेल, सुहानी जजोडिया, इरा खत्री, नाइरा घले र तभिसा राणा विजयी भए । यू–१० ब्वाइज सिंगल्समा सोनम घले, तोनिश श्रेष्ठ, सबिक पोखरेल र बसिटा क्षेत्री विजयी भए । उक्त स्पर्धाको गर्ल्समा निम्ति कुँवर, अमिरा गुप्ता, रजिसा जोशी र जेरुशा राजवंशीले सफलता हात पारे ।
यू–८ ब्वाइज सिंगल्समा गगन श्रेष्ठ, निर्भाना मुन्दरा, विविध भट्टचन, सुविज्ञा बुढाथोकी, सर्वज्ञ खत्री, मिहिर श्रेष्ठ, सत्विक मल्होत्रा र वंशिल अग्रवालले पहिलो चरण पार गरे । गर्ल्समा स्वर्णिमा श्रेष्ठ, बेनाफ्सा महर्जन, अनुपमा श्रेष्ठ र भानी राजभण्डारी विजयी भए ।
यू–९ ब्वाइज सिंगल्समा कायान चालिसे, सोनाम घले, आयन पन्त र सर्वज्ञजंग खत्रीले जित हात पारे । त्यसै स्पर्धाको गर्ल्समा बेनाफ्सा महर्जन र स्वर्णिमा श्रेष्ठ सफल भए ।
