५२ वर्षमा भारत पहिलो पटक च्याम्पियन

फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारत महिला विश्वकप क्रिकेटको उपाधि जित्न सफल

कार्तिक १८, २०८२

कान्तिपुर संवाददाता

India is the champion for the first time in 52 years.

द गार्डियन (मुम्बई) — भारतले ५२ वर्षअगाडि महिलाको विश्वकप क्रिकेट प्रतियोगिता पहिलो पटक खेलेको थियो । भर्खर अहिले आएर भारतको च्याम्पियन हुने सपना पूरा भएको छ । नभी मुम्बईको डीवाई पटिल स्टेडियममा भरिभराउ समर्थकसामु भारतले फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हरायो । यो भारतीय क्रिकेटको ठूलो सफलतामा पर्छ ।

लाउरा वोल्फभाडर्टले दक्षिण अफ्रिकाका लागि आकर्षक शतक बनाइन् । इंग्ल्यान्डविरुद्ध सेमिफाइनलमा पनि उनकै प्रदर्शन निर्णायक भएको थियो । पूरा प्रतियोगितामै उनले सबैभन्दा बढी ५ सय ७१ रन बनाइन् । महिला विश्वकप इतिहासमै कोही एक खेलाडीले बनाएको यो अहिलेसम्मकै सबैभन्दा धेरै रन हो । 

तर, प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार भने भारतको नाममा रह्यो । भारतले पहिले ब्याटिङ गरेर ७ विकेटमा २ सय ९८ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिकाले अलआउट हुनु अगाडि २ सय ४६ रनमात्र बनाउन सक्यो । भारतको जितमा दुई जना नायकत्व रह्यो । त्यसमध्ये पहिलो रहिन्, सफाली बर्मा । समूह चरणमा प्रतिका रावललाई खुट्टामा चोट लागेपछि मात्रै सफालीले फाइनल खेल्न पाएकी हुन् । उनैले आफ्नो खेलजीवनकै उत्कृष्ट ८७ रन बनाइन्, त्यो पनि ७८ बलमा । त्यसपछि २ विकेट पनि लिइन् ।

जतिबेला खेल सर्वाधिक रोमाञ्चक र तनावपूर्ण मोडमा थियो, त्यही बेला दीप्ति शर्मा अगाडि आइन् । सुरुमा ५८ रन बनाएकी उनले सटिक योर्करको सहयोगमा एनेरी डेरकसेनलाई बोल्ड गरिन् । त्यसपछि वोल्फभाडर्टको विकेट लिइन् । त्यसका लागि हरमनप्रित कौरले डिप मिडविकेटबाट दौडेर डाइभिङ क्याच लिइन् । यससँगै भारत तेस्रोपल्ट खेलिरहेको फाइनलमा विजेता हुने निश्चित भएको थियो ।

India is the champion for the first time in 52 years.‘म सबैभन्दा पहिले समर्थकप्रति कृतज्ञ छु,’ भारतीय कप्तान हरमनप्रित कौरले भनिन्, ‘फाइनल खेल हेर्न आएका सबैलाई धन्यवाद । हामीले लगातार तीन खेल पनि गुमायौं, तर हामीलाई के विश्वास थियो भने खेललाई आफ्नोतर्फ मोड्न यो टिममा केही विशेष छ ।’ भारतीय टिमका प्रशिक्षक थिए, अमोल मजुमदार । उनको प्रतिक्रिया थियो, ‘उनीहरूले सबै भारतीयलाई गर्व महसुस गराएका छन् । यो भारतीय महिला क्रिकेटका लागि ठूलो अवसर हो ।’

दक्षिण अफ्रिकाका लागि फेरि एकपल्ट मन दुखाउने हार रह्यो । त्यो पनि सन् २०२३ र २०२५ को ट्वान्टी–२० विश्वकप फाइनलपछि । हातैमा देखिएको विश्वकपको उपाधि उनीहरूको 

पकडबाट चिप्लिएको यो अर्को एउटा क्षण थियो । भारतलाई भने तेस्रोपल्ट भाग्यले साथ दिएको छ । किनभने सन् २००५ र २०१७ को विश्वकपमा भारत फाइनलमा पराजित भएको थियो ।

सेमिफाइनलमा कीर्तिमान सातपल्टको विजेता अस्ट्रेलियालाई हराएपछि परिस्थिति भारतको पक्षमा मोडिएको थियो । यो आत्मविश्वासले भरिएको यात्रालाई घरेलु टिम फाइनलसम्म डोहोर्‍याउन सफल रह्यो । सफाली र दीप्तिले अर्धशतक पूरा गरे, ऋचा घोषले २४ बलमा ३४ रन बनाइन् । तब भारत २ सय ९९ रनको चुनौतीपूर्ण लक्ष्य तयार पार्न सफल रह्यो ।

दक्षिण अफ्रिकाको सबैभन्दा कमजोर पक्ष ‘क्याच’ 

छुटाउनुरह्यो । एनेके बोचले ओपनर सफाली ५६ रनमा छँदा डिप मिडविकेटमा क्याच छुटाइन् । भर्खर २१ वर्ष लागेकी सफालीका लागि यो विश्वकप यात्रा अकल्पनीय रह्यो । तर, तिनकै ब्याटबाट निस्केको रन भारतको जितको प्रमुख कारण बन्यो । 

उनको प्रदर्शनको सबैभन्दा अविश्वसनीय पक्ष बलिङ नै रह्यो, किनभने दक्षिण अफ्रिका त्यस अगाडि स्तब्ध नै देखियो ।

लगभग एक महिना चलेको विश्वकपमा उनले यसअघि १४ ओभर मात्रै बलिङ गरेकी थिइन् । तर फाइनलमा उनको १५ र १६ औं ओभर निर्णायक रह्यो । सबैभन्दा पहिले उनले सुन लुसको क्याच आफ्नै बलिङमा लिइन् । त्यसपछि मारिजेन कापलाई आउट गरिन् । हरमनप्रितले भनिन्, ‘फाइनलको निर्णायक मोड यही रह्यो । उनले जसरी ब्याटिङ गरिन्, मलाई लागिरहेको आज दिन उनकै हुनसक्छ । ‘यो कुरा मेरो मनमा आइरह्यो । त्यसैले मलाई उनका लागि एक ओभर दिन मन लाग्यो । साँच्चै उनको प्रदर्शन आत्मविश्वासले भरिएको थियो ।’ 

खेल आफै भने दुई घण्टा ढिलो सुरु भएको थियो, किनभने वर्षाले सुरुमै दुःख दिएको थियो । यस्तोमा टस जितेर दक्षिण अफ्रिकाले पहिले बलिङको निर्णय लिएको थियो, यही विश्वासले कि ब्याटिङ सुरुमा गाह्रो हुन सक्ने छ ।

तर दक्षिण अफ्रिकाको त्यो सोच त्यतिबेला गलत साबित भयो, जतिबेला सफालीले स्मृति मन्दानासँग पहिलो विकेटका लागि १ सय ४ रनको साझेदारी गरे, त्यो पनि १८ ओभरभित्र । खासमा दक्षिण अफ्रिकाको कसिकसाउ बलिङ अगाडि भारतले ३ सय रनको आँकडा छुन सकेन । जवाफमा दक्षिण अफ्रिकाको ब्याटिङ पनि कमजोर थिएन, तर दीप्तिले ३९ रन दिएर ५ विकेट लिइन् र दक्षिण अफ्रिकाको खुसी मनाउने योजना किरकिर पारिदिइन् ।

अन्त्यमा, हरमनप्रितले थपिन्, ‘भारतीय महिला क्रिकेटका लागि त यो सुरुआतमात्रै हो । हामीले एउटा ठूलो चुनौती पार गरेका छौं, अब यो जित्ने बानीलाई निरन्तरता दिन चाहन्छौं । हामीले यस्तै एक खास मोड पर्खिरहेका थियौं । अहिले त्यो हात पारेको छ । हामी अब आफ्नो खेलमा अझ धेरै सुधार गर्न चाहन्छौं । साँच्चै यो कुनै अन्त्य होइन, सुरुमात्रै हो ।’

कान्तिपुर

Link copied successfully