३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस सुरु, विभिन्न देशका २९ धावक सहभागी

१५ दिनसम्म चल्ने ट्रेल रेसमा फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र नेपाल समेतका गरी २९ जना धावक सहभागी भएका छन् ।

कार्तिक १८, २०८२

भानुभक्त निरौला

सोलुखुम्बु — ३ सय १० किलोमिटर लामो सोलुखुम्बु ट्रेल रेसको यो वर्षको संस्करण मंगलबारदेखि सुरु भएको छ । अन्तर्राष्ट्रिय धावक दा छिरी दावा शेर्पाको फाउन्डेसन र द स्मल वर्ल्डको संयुक्त आयोजनामा भएको प्रतियोगिता यो पटक ३ हजार मिटर उचाइको पत्तालेबाट सुरु भएको हो ।

१५ दिनसम्म चल्ने ट्रेल रेसमा फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र नेपाल समेतका गरी २९ जना धावक सहभागी भएका छन् ।

पत्तालेबाट पिके, दूधकुण्ड, फाक्दिङ हुँदै कालापत्थर पुगेर धावक फाप्लुसम्म आइपुग्ने छन् । सन् २००८ देखि लगातार हुँदै आएको सोलुखुम्बु ट्रेल रेसको यो संस्करणले विश्वभर नेपाल सुरिक्षित र शान्त रहेको सन्देश जाने आयोजक संस्थाका अन्तर्राष्ट्रिय धावक दा छिरी दावा शेर्पाले बताए । विदेशी नागरिक पनि उत्साहित रूपमा सहभागी भएका छन् ।

सहभागी धावकहरूले हिमाली क्षेत्रका सुन्दर र पर्यटकीय क्षेत्रहरुको प्रचार गर्ने हुनाले पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने आयोजकको दाबी छ । ट्रेलमा दक्ष चिकित्सकसहितको मेडिकल टिम पनि सामेल गरिएको छ । 

भानुभक्त

Link copied successfully