एनपीएलसँग जोडियो एक्स स्टेप

एक्स स्टेपको‌ नेपालका लागि आधिकारिक बिक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेशमान श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एपेरियल पाटर्नरका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

X-Step joins NPL

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि एपेरियल पाटर्नरमा एक्स स्टेप नेपाल रहेको छ ।

एक्स स्टेपको‌ नेपालका लागि आधिकारिक बिक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेशमान श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एपेरियल पाटर्नरका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता यो वर्षका लागि रहनेछ ।

प्रबन्ध निर्देशक श्रेष्ठले रेन्बोले धेरै वर्षदेखि एक्स स्टेपको स्पोर्ट्स वेयर नेपालमा बिक्री गर्दै आएको र विभिन्न खेललाई प्रायोजन गरिरहेको बताए । उनले पहिलो पटक क्रिकेट अनि लोकप्रिय एनपीएलमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

एनपीएलको तयारी तीव्र रूपमा अघि बढिरहेको छ । ८ टोलीको सहभागितामा एनपीएलको दोस्रो सिजन मंसिर १ देखि कीर्तिपुरस्थित पुनर्निर्मित त्रिवि मैदानमा सुरु हुनेछ ।

कान्तिपुर

Link copied successfully