नेपाल प्रिमियर लिगलाई ‘एक्सपर्ट एजुकेसन’ को साथ

नेपाल क्रिकेट संघ (क्यान) र एक्सपर्ट एजुकेशनबीच एनपीएलको आधिकारिक एजुकेसनल कन्सल्टेन्सी पार्टनरमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

Nepal Premier League with 'Expert Education'

चितवन — बहुप्रतीक्षित दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को एजुकेसनल कन्सल्टेन्सी पार्टनरमा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले सहकार्य गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र एक्सपर्ट एजुकेशनबीच एनपीएलको आधिकारिक एजुकेसनल कन्सल्टेन्सी पार्टनरमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  

नेपालको अग्रणी शैक्षिक परामर्शदाता एक्सपर्ट एजुकेसनले अस्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका र न्युजिल्यान्डलगायत देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिँदै आइरहेको छ । विश्वभरका २५ देशमा रहेका करिब ९० शाखामार्फत सेवा पुर्‍याउँदै आइरहेको छ ।

एक्सपर्ट एजुकेसन लामो समयदेखि विभिन्न तहका क्रिकेट प्रतियोगितामा जोडिँदै आएको छ । एक्सपर्टले कलेज प्रिमियर लिग, स्कुल प्रिमियर लिग, प्रधानमन्त्री कप, एभरेस्ट प्रिमियर लिग र जुनियर राष्ट्रिय खेलकुद च्याम्पियनसिप जस्ता प्रमुख प्रतियोगितालाई प्रायोजन गरिसकेको छ ।

अन्तर्राष्ट्रिय स्तरमा पनि क्रिकेटलाई सहयोग गर्ने क्रममा एक्सपर्टले अस्ट्रेलियामा कम्युनिटी कप र एक्सपर्ट सगरमाथा लिग (मेलबर्न, अस्ट्रेलिया) मा सहकार्य गरेको छ भने नाइस नेपाली क्रिकेट क्लब ब्रिसवेनलाई समेत प्रायोजन गरेको छ । एक्सपर्टले पोखरा प्रिमियर लिगमा एक्सपर्ट धनगढी क्रिकेट टोलीको स्वामित्व लिएको थियो ।

एक्सपर्टले चितवनका विभिन्न खेलकुद कार्यक्रममा पनि सहकार्य गर्दै आइरहेको छ । भरतपुर मेयर कप अन्तरविद्यालय क्रिकेट, विभिन्न फुटबल प्रतियोगितामा प्रायोजन गरेको छ ।

क्रिकेटसँगको सहकार्यलाई मजबुत बनाउन राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्का, सात वर्षदेखि एक्सपर्ट एजुकेसनको ब्रान्ड एम्बेसडरका रूपमा रहेका छन् । शैक्षिक परामर्शको क्षेत्रमा अग्रणी संस्था र नेपालको सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिताबीचको यो सहकार्यले नेपाल प्रिमियर लिगको गरिमा र स्तर बढाउने विश्वास गरिएको छ ।

कान्तिपुर

Link copied successfully