बर्नमाउथलाई हराएर सिटी दोस्रोमा

यो जितपछि सिटीको १० खेलबाट १९ अंक भएको छ । आर्सनल समान खेलबाट २५ अंकमा शीर्षमा छ ।

कार्तिक १७, २०८२

कान्तिपुर संवाददाता

City beat Bournemouth to move into second

काठमाडौँ — इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले आइतबार बर्नमाउथलाई ३–१ ले पराजित गरेको छ र यससँगै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

इतिहाडमा हालान्डसँगै निको ओरिले एक गोल गरे । बर्नमाउथका लागि भने टायर एडम्सले एक गोल फर्काए । यो जितपछि सिटीको १० खेलबाट १९ अंक भएको छ । आर्सनल समान खेलबाट २५ अंकमा शीर्षमा छ ।

हारले बर्नमाउथ १८ अंकमा चौथो स्थानमा छ । लिभरपुलको पनि १८ अंक छ र तेस्रो स्थानमा छ । बर्नमाउथले यो खेल जितेको भए उसको सामु दोस्रोमा उक्लने अवसर थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully