भ्यालेन्सियामाथि रियलको सजिलो जित

एमबापेले पहिलो हाफमै दुई गोल गरे । यस्तै बर्नाबाउमा जुड बेलिङघम र एल्भारो फर्नान्डेजले पनि एक एक गोल गरे ।

कार्तिक १६, २०८२

कान्तिपुर संवाददाता

Real Madrid's easy win over Valencia

काठमाडौँ — केयलिन एमबापेको दुई गोलको मदतले रियल म्याड्रिडले शनिबार राति स्पेनी ला लिगामा भ्यालेन्सियामाथि ४–० को सजिलो जित निकालेको छ । 

एमबापेले पहिलो हाफमै दुई गोल गरे । यस्तै बर्नाबाउमा जुड बेलिङघम र एल्भारो फर्नान्डेजले पनि एक एक गोल गरे । 

यो जितपछि रियलको ११ खेलबाट ३० अंक भएको छ र शीर्ष स्थानमा छ । भिल्ला रियल भने २३ खेलमा दोस्रो स्थानमा छ ।

भिल्लारियलले पनि अर्को खेलमा राया भाल्कानोलाई ४–० ले नै पराजित गर्‍यो । यस्तै एटलेटिको म्याड्रिडले सेभियालाई ३–० र रियल सोसिडाडले एथलेटिको बिलबाओलाई ३–२ ले हरायो ।

कान्तिपुर संवाददाता

Link copied successfully