यो जितपछि लिरभपुलको दस खेलबाट १८ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ ।
काठमाडौँ — लिरभपुलले अन्ततः इंग्लिस प्रिमियर लिगमा शनिबार राति जित आत्मसात् गरेको छ ।
एनफिल्डमा भएको खेलमा उसले एस्टन भिल्लालाई २–० ले हराएको हो । त्यसमा मोहमद सलाह र रायन ग्राभेनबेचले गोल गरे ।
यो जितपछि लिरभपुलको दस खेलबाट १८ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । आर्सनल भने समान खेलबाट २५ अंकमा शीर्ष स्थानमा छ ।
आर्सनलले त्यस अगाडि बर्नलीलाई २–० ले हराएको थियो । अन्य खेलमा चेल्सीले टोटनहमलाई १–०, फुलहमले उल्भ्सलाई ३–० र क्रिस्टल प्यालेसले ब्रेन्टफोर्डलाई २–० ले हरायो ।
नटिङघम फरेस्ट र म्यानचेस्टर युनाइटेडबीचको खेल भने २–२ को बराबरीमा टुंगियो ।
