४४ टिमले भाग लिएको प्रतियोगिताको फाइनल आइतबार टुँडिखेल मैदानमा हुने संयोजक राजबहादुर खत्रीले बताए ।
जुम्ला — जिल्लास्तरीय खुला फुटबल प्रतियोगिताको फाइनलमा चन्दननाथ–३ र जनसेवा ‘बी’ युवा क्लब पुगेका छन् ।
सेमिफाइनलमा चन्दननाथले फोइकालिका युवा क्लबलाई १–० ले हराएको थियो । चन्दननाथका लागि दोस्रो हाफमा गोल भएको थियो ।
अर्को खेलमा जनसेवाले घोगेसिम युवा क्लबविरुद्ध २–० को जित पाएको थियो । जनसेवाले दोस्रो मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।
४४ टिमले भाग लिएको प्रतियोगिताको फाइनल आइतबार टुँडिखेल मैदानमा हुने संयोजक राजबहादुर खत्रीले बताए । चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले प्रतियोगिता आयोजना गरेको हो ।
