लगातार नवौं जित निकाल्ने क्रममा बायर्नको २७ अंक भएको छ । यसले बायर्न उपाधिको एक्लो प्रत्यासी बनेको छ ।
काठमाडौँ — बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शनिबार राति आफ्नो शतप्रतिशत प्रदर्शनलाई कायम राख्यो । र बायर लेभरकुजनलाई ३–० ले पराजित गर्यो ।
लगातार नवौं जित निकाल्ने क्रममा बायर्नको २७ अंक भएको छ । यसले बायर्न उपाधिको एक्लो प्रत्यासी बनेको छ ।
बायर्नको पछाडि आरबी लाइपजिग छ र उसको नौ खेलबाट २२ अंक छ । बायर्नका लागि सर्गे जियानब्रे र निकोलस ज्याक्सनले गोल गरे । अर्को गोल आत्मघाती रह्यो ।
लाइपजिगले भने स्टुटगार्टलाई ३–१ ले हरायो । यो जितसँगै उसले बोरुसिया डर्टमुन्डलाई उछिनेर दोस्रो स्थानमा आएको हो ।