विश्वकप लिग २ : अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरिएको छ । सोमपाल कामीको सट्टामा नन्दन यादवलाई स्थान दिइएको छ ।

कार्तिक १५, २०८२

कान्तिपुर संवाददाता

World Cup League 2: Nepal batting first against USA, one change in the team

काठमाडौँ — आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गत आज अमेरिकाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

अमेरिकाले टस जित्दै आफूले फिल्डिङ रोज्दै पहिले ब्याटिङ रोजेको हो । सिरिज अन्तर्गत पहिला दुई खेल हारेको नेपाल आज जित्नै पर्ने दबाबमा छ । 

पहिलो खेल अमेरिकासँगै फराकिलो अन्तरले हारेको नेपाल दोस्रो खेलमा पनि यूएईसँग पराजित भएको थियो । अमेरिका भने सिरिजका अघिल्ला दुबै खेल जितेको छ । 

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरिएको छ । सोमपाल कामीको सट्टामा नन्दन यादवलाई स्थान दिइएको छ । 

कान्तिपुर

Link copied successfully