लुम्बिनी अवार्डलाई रोयल समृद्धिको साथ

आयोजक रंगशाला नेपाल मिडिया प्रालिका प्रमुख कार्यकारी कमल खत्री र रोयल समृद्धि बिजनेसका प्रमुख कार्यकारी टीकाराम खत्रीले अवार्डमा सह–प्रायोजनबारे हस्ताक्षर गरेका थिए ।

कार्तिक १५, २०८२

कान्तिपुर संवाददाता

Lumbini Award with Royal Prosperity

नेपालगन्ज — प्रथम लुम्बिनी स्पोर्ट्स अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपले सह–प्रायोजन गर्ने भएको छ । यो खेलकुद सामग्री बिक्री गर्ने कम्पनी हो ।

आयोजक रंगशाला नेपाल मिडिया प्रालिका प्रमुख कार्यकारी कमल खत्री र रोयल समृद्धि बिजनेसका प्रमुख कार्यकारी टीकाराम खत्रीले अवार्डमा सह–प्रायोजनबारे हस्ताक्षर गरेका थिए ।

लुम्बिनी स्पोर्टस अवार्ड–२०८२ नेपालगन्जमा मंसिर १८ गते आयोजना हुनेछ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै रोयल समृद्धिका प्रमुख कार्यकारी खत्रीले खेलकुद क्षेत्रमा मिहिनत गरिरहेका खेलाडीलाई हौसला बढाउने कार्यक्रम लुम्बिनी स्पोर्ट्स अवार्डमा सह–प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए ।  

रोयल समृद्धिले वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्डलाई प्रायोजन गर्नेछ । लुम्बिनी प्रदेशलाई आधार मानेर खेल क्षेत्रमा लागेका खेलाडी र खेलकर्मीको उपलब्धि र सफलतालाई सम्मान गर्ने उद्देश्यले लुम्बिनी स्पोटर््स अवार्ड गर्न लागिएको आयोजक रंगशाला नेपाल मिडियाले जनाएको छ ।

लुम्बिनी स्पोट्स अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, लाइफटाइभ एचिभमेन्ट अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिनेछ । अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीले सह–प्रायोजन गरेको छ ।  

कान्तिपुर संवाददाता

Link copied successfully