डर्टमुन्डले छोट्यायो बायर्नसँगको दूरी

यस नतिजासँगै डर्टमुन्डले शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँगको दूरी चार अंकमा छोट्याएको छ ।

कार्तिक १५, २०८२

कान्तिपुर संवाददाता

Dortmund closes gap on Bayern

काठमाडौँ — सेरहोउ गुइरसीले पहिलो हाफमा गरेको गोल निर्णायक सावित भएपछि बोरुसिया डर्टमुन्डले शनिबार राति जर्मन बुंडेसलिगामा असबर्गलाई १–० हराएको छ ।

गुइरसले ३७ औं मिनेटमा एक मात्र गोल गरेका हुन् ।

यस नतिजासँगै डर्टमुन्डले शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँगको दूरी चार अंकमा छोट्याएको छ । यो जितपछि डर्टमुन्डको नौ खेलबाट २० अंक भएको छ । बायर्न आठ खेलबाट अधिक्तम २४ अंकमा पहिलो स्थानमा छ ।

खराव लयमा रहेको असबर्ग भने नौ खेलबाट सात अंकमा छ र उसमाथि रेलिगेसनको दबाब बढ्दै छ । बुंडेसलिगाका १८ टिममध्ये असबर्ग १५ औं स्थानमामा रहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully