विश्वकप लिग २: यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपालको टोलीमा आज कुनै परिवर्तन गरिएको छैन । अमेरिकाविरुद्धको प्लेइङ ११ नै मैदानमा उतार्ने भएको छ ।

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

World Cup League 2: Nepal batting against UAE

काठमाडौँ — आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गत यूएईविरुद्ध नेपालले आज ब्याटिङ रोजेको छ । 

अमेरिकी यूएई र नेपाल सम्मिलित सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जित्दै ब्याटिङ रोजेको हो । 

अमेरिकासँग पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाल आजको खेलमा यूएईलाई हराएर कमब्याक गर्न चाहन्छ । यस्तै यूएईले पनि पहिलो खेल अमेरिकासँग गुमाएको थियो । 

एसोसिएट क्रिकेटमा एसियाली क्षेत्रको शीर्षस्थ यी दुई टोली लिग २ मा भने पुछारमा छन् । 

नेपालको टोलीमा आज कुनै परिवर्तन गरिएको छैन । अमेरिकाविरुद्धको प्लेइङ ११ नै मैदानमा उतार्ने भएको छ । 

यस्तो छ प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी 

कान्तिपुर

Link copied successfully